पोखरा १२ नं. वडा कार्यालयको टोली बजार अनुगमनमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका १२ नं। वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । वडा अध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

उपभोग्य वस्तको गुणस्तरहिनता र जुनसकै बाहनामा भइहरको कालोबजारीलाई नरुत्साहति विशेष अनुगमन गर्न महानगरपालिले वडालाई निर्देशन दिएको थियो । चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । यसैकारण उपभोक्ताहरु निकै मारमा परेका छन् ।

  • १५ आश्विन २०८१, मंगलवार १९:५१ प्रकाशित