ललितपुरमा थप ६ जनाको शव भेटियो, १० जना अझै बेपत्ता

केन्द्रभाग मिडिया

ललितपुर ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु भएका ६ जनाको शव ललितपुरमा भेटिएको छ । थप ६ जनाको शव भेटिएसँगै ललितपुरमा मृतकको संख्या ४० पुगेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२ स्थित ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षीय राममाया स्याङतान, छोरा १४ वर्षीय अजय स्याङ्तान र अर्का छोरा ११ वर्षका सुवास स्याङतान र उनकी ९ वर्षीय छोरी सलिना स्याङ्तानको शव भेटिएको छ । महांकाल गाउँपालिका–३ गोटिखेलबाट बेपत्ता भएका ईश्वर तिमल्सिनाको पनि शव भेटिएको छ ।

मनसुनजन्य विपद्मा परेर ललितपुरबाट १० जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी भइरहेको एसएसपी खनालले जानकारी दिए । विपद्मा परेर घाइते भएका ३ जनाको उपचार हुँदै छ । रौतहट घर भएर ललितपुर बस्ने ६ वर्षीय मेघना शाह, गोदावरी नगरपालिका–७ बस्ने ३४ वर्षीय ठुलीमाया रुम्बा र बामगति गााउँपालिका–४ बस्ने भूषण अर्यालको उपचार भइरहेको छ ।

  • १५ आश्विन २०८१, मंगलवार ११:०६ प्रकाशित