गुल्मी ।
गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
गुल्मीको जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए ।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा आज विहान ज्यान गएको प्रहरीले जनाएको छ ।














