पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ घटेको छ ।
आज सानो गोलभेडाँको भाउ के.जीको १३२ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको भाउ १३५ रुपैयाँ रहेको छ । हिजो सानो गोलभेडाँको भाउ के.जी १४१ रुपैयाँ थियो । ठुलो गोलभेडाँको भाउ भने यथावत् रहेको हो ।
पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० रुपैयाँ रहेका छ ।यस्तै घिरौला १४० रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ८० रुपैयाँ रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।














