न्यायाधीशमा सिफारिस पाण्डेय र निरौलाविरुद्ध उजुरी दिन आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ ।

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघिसोमबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने सचिवालयलाई निर्देशन दिएको थियो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो।

  • १५ आश्विन २०८१, मंगलवार ०९:१९ प्रकाशित