पोखरा ।
पाँच किलो ६९० ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिक पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय कास्कीका अनुसार सोमबार दिउँसो पोखरा ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् ।
पक्रउ पर्नेमा भारत पुर्वी चम्पारण सुगौली थाना वडा नं. १० भर भई हाल पोखरा ९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसाद रहेका छन् । उनले आफूले भिरेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाई ल्याएको अवस्थामा बिल समेत नभएको गरगहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रहरी प्रवक्ता डीएसपी शर्माका अनुसार उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पाठाइएको छ।