प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो ।

समिति सदस्य ईश्वरी घर्तीले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको बताइन् ।

राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जनाएको छ । धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको बताइएको छ ।
संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

  • १४ आश्विन २०८१, सोमबार १५:४३ प्रकाशित