पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ ह्वात्तै बढेको छ ।
आज सानो गोलभेडाँको भाउ के.जी १४१ रुपैयाँ र ठुलो गोलभेडाँको भाउ १३५ रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको १२८ रुपैयाँ र ठुलो गोलभेडाँको १३० रुपैयाँ थियो । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।
यस्तै घिरौला १४० रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ८० रुपैयाँ रहेको छ ।















