पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार तरकारीको भाउ ह्वात्तै बढेको छ ।
आज सानो गोलभेडाँ के.जीको १२८ रुपैयाँ र ठुलो गोलभेडाँको १३० रुपैयाँ पुगेको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।
यस्तै घिरौला ११० रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ८० रुपैयाँ रहेको छ ।

मासू, फलफुलसहित अन्य तरकारीको भाउ हेर्न यहाँ क्लिक गर्नुहोस ।














