दसैँका लागि सुकिला नोटको वितरण आजदेखि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दसैँका लागि सुकिला नोटुको वितरण आजदेखि सुरु हुँदै छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।

बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए ।

सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेको प्रवक्ता पौडेलले बताए । उनका अनुसार बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।

  • १३ आश्विन २०८१, आईतवार ०८:५० प्रकाशित