अपडेट

दुई दिनको बाढी पहिरोमा परी देशभर १०० जनाले ज्यान गुमाए, कुन जिल्लामा कति ?(संख्यासहित)

६७ जना बेपत्ता, एक सय एकजना घाइते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको ज्यान गएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको ज्यान गएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

  • १३ आश्विन २०८१, आईतवार ०८:४६ प्रकाशित