नागढुंगा तलपट्टी झ्याप्लेखोलामा पहिरोले पुरिएका दुुइवटा बसबाट १४ जनाको शव निकालियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुुइवटा बसबाट १४ जनाको शव निकालिएको छ । काठमाडौंको नागढुंगा तलपट्टी झ्याप्लेखोलामा शनिबार बिहान पहिरो जाँदा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

  • १२ आश्विन २०८१, शनिबार २०:५६ प्रकाशित