दिपलकोआधिकारीक बिक्रेता पोखराका लागि हिमालय मोटरक्स प्रा.लि.

केन्द्रभाग मिडिया

पोखरा ।
पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतिय गाडी  दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ । यो समुहका अध्यक्ष ध्रुव थापा रहेका छन ।

 

  • १२ आश्विन २०८१, शनिबार १७:१६ प्रकाशित