अविरल वर्षाका कारण विपत्ति : ३५ जनाको ज्यान गुम्यो, ११ जना बेपत्ता

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ३५ जनाको ज्यान गुमेको छ।। बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको ज्यान गुमेको छ । उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको ज्यान गुमेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको ज्यान गुमेको हो । अन्य ११ जना बेपत्ता छन् ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५ र काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १ १ जनाको मृत्यु भएको छ ।

 

  • १२ आश्विन २०८१, शनिबार १४:०८ प्रकाशित