कोशी ब्यारेजमा पानीको बहाव उच्च, पैदलयात्रामा रोक

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ ।

ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका कारण पैदलयात्रीलाई आवतजावतमा रोक लगाए पनि सवारीसाधन आवतजावत भने खुला छ ।ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो ।

  • १२ आश्विन २०८१, शनिबार १३:३८ प्रकाशित