भोटेकोसी बेलिब्रीज बाढीले बगाएपछि उत्तरी नाका बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।
चीनिया नाका तातोपानी नाका जोड्ने भोटेकोसीको बेलिब्रीज बाढीले बगाएको छ । उक्त पुल बगाएपछि उत्तरी नाकाको आवागमन पूर्ण रुपमा बन्द भएको छ । पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो ।

पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ ।
यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ । खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारीले जानकारी दिए ।

उनका अनुसार भोटेकोसीको बाढीले भन्सार यार्डतर्फको तल्लो भागमा भत्काउन सुरु गरेको छ । पहराको खोंचमा रहेको उक्त पुल रहेको स्थानमा सामान्य अवस्थामा भोटेकोसीमाथि ह्यम पाइप राखेर यातायात सञ्चालन गर्ने सम्भावना देखिँदैन ।

  • १२ आश्विन २०८१, शनिबार १२:५८ प्रकाशित