काठमाडौं ।
अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ४ जनाको जनाको ज्यान गुमेको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको ज्यान गुमेको हो ।
उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना ज्यान गुमेको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ ।
यसैगरी काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको खबर छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ ।
यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् ।
नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।














