हेटौंडा ।
कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएसँगै शनिबार बिहान २ वटा ढोका खोलिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोका खोलिएको कुलेखानी जलबुद्युत बाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्नु अगाडि नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदिमा मिसिन पुग्छ ।
उनले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।














