बाग्लुङ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ ।
बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गएको साउन ९ गतेदेखि बाग्लुङ खण्ड पूर्णरूपमा अवरुद्ध थियो । सडकको ट्र्याकलाई पुरेर आजदेखि नियमित गाडी चल्न थालेका जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले जानकारी दिए ।
सडक पटक–पटक अवरुद्ध भएपछि बाग्लुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरे पनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए। यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई सञ्चालनमा ल्याइएको थियो ।