पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार गोलभेडाँको भाउ बढेको छ ।
आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको १०० रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो गोलभेडाँ ९५ रुपैयाँ किलो रहेको थियो । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।
यस्तै घिरौला ११५ रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ५५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ८० रुपैयाँ रहेको छ ।















