पछिल्लो २४ घण्टामा १५० मिलिमिटर वर्षा

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौँ ।

पछिल्लो २४ घण्टामा कोशी र मधेस प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो ।

साथै कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ।

हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र आगामी आगामी २४ घण्टाका लागि देश भरनै मनसुन सक्रिय रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।

  • ११ आश्विन २०८१, शुक्रबार ०८:५६ प्रकाशित