पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६१ पैसा र बिक्री दर ३६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।















