कास्की र तनहुँका प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा, को कहाँ ?

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन कुमार थापासहित १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्की प्रहरीको कमाण्ड समालेका प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन ईकाई नक्सालमा सरुवा गरिएको छ । कास्की प्रहरीको कमाण्ड समाल्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत प्रहरी उपरीक्षक श्यामबाबु ओलिया आउनेछन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर गर्न सोमबार गरेको निर्णय प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुका सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयले एकसाथ १६ जिल्लाको कमाण्ड गरेका एसपीसहित ४१ जना एसपीको सरुवा गरेको हो । जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

यस्तै तनहुँका अपिलराज बोहोरालाई ट्राफिक व्यवस्थापन कार्यालय विरेन्द्र नगर पठाएर प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत विरेन्द्रबहादुर शाहीलाई ल्याइएको छ, दाङमा अर्जुनप्रसाद तिमिल्सिना, बर्दियामा केदार खनाल, सिन्धुलीमा गोबिन्दराज काफ्ले, सप्तरीमा ढकेन्द्र खतिवडा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, इलाममा प्रभु ढकालको सरुवा गरिएको छ ।

यस्तै डोटीमा बिनोद शर्मा, मकवानपुरमा विश्वराज खड्का, भक्तपुरमा माधवप्रसाद बुढाथोकी, पूर्वी नवलपरासीमा यादब ढकाल, सिरहामा रमेश पण्डित सरुवा भएका छन् ।

धनकुटामा श्याम सिंह चौधरी, सुनसरीमा सुमनकुमार तिम्सिनालाई सरुवा गर्दा उदयपुरमा हरिहरनाथ योगीको सरुवा कायम गरिएको छ । उनी यसअघि नै त्यहाँ कागजमा खटिएका थिए ।

कुन प्रहरी उपरीक्षकको सरुवा कहाँ हेर्न यहाँ क्लिक गर्नुहोस

 

  • ९ आश्विन २०८१, बुधबार ०७:१८ प्रकाशित