त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के.सी को अध्यक्षतामा समितिको २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।
प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि. स.२०५८ साल देखीका बार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परिक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।