पोखरामा चाडपर्व लक्षित सुपत मूल्य पसल, कुन सामान कतिमा पाइन्छ ?

केन्द्रभाग मिडिया

पोखरा ।
दशैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा र खाद्य संस्थानले पृथ्वीचोक र विरौटामा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य संस्थानले ३ आसोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको संस्थानको पोखरा कार्यालयका निमित्त प्रमुख रञ्जना केसीले जानकारी दिइन् । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले भने आज (सोमबार) देखि सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन पोखराका निमित्त प्रमुख सागर शेरचनका अनुसार गोदाममा सञ्चालित सुपथ मूलय पसलमा चिनी प्रति केजी १०२ रुपैयाँ ५० पैसामा प्रति व्यक्ति जम्मा दुई केजी किन्न पाइन्छ ।

गरी नुन प्रतिकेजी २४ रुपैयाँका दरले प्रतिव्यक्ति ६ केजीसम्म, शान्ति तोरीको तेल प्रति लिटर ३५५ रुपैयाँका दरले प्रतिव्यक्ति ५ लिटर सम्म, ५ केजी मानश्री पिठो ३५० रुपैयाँमा प्रति व्यक्ति एक प्याकेड सम्म, २ केजी मानश्री पिठो १४५ रुपैयाँमा प्रति व्यक्ति २ प्याकेटसम्म, २५ केजी स्टिम जिरा चामल २५ सय रुपैयाँमा माग अनुसार, २५ केजीको स्टिम सोना चामल १८ सय २० रुपैयाँमा माग अनुसार, २० केजी लङग्रेन बास्मती (बेहुली) २३ सय रुपैयाँमा माग अनुसार र २० केजीको लङग्रेन बास्मती चामल तीन हजार ५० रुपैयाँमा माग अनुसार किन्न पाइन्छ ।

खाद्य संस्थानले चामल र चियापत्ति मात्र विक्री गर्दै

खाद्य संस्थान अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पोखरामा सञ्चालन गरेको सुपथ मूल्य पसलमा चामल र चियापत्ति मात्र किन्न पाइन्छ । खाद्य संस्थान पोखराका निमित्त प्रमुख रञ्जना केसीका अनुसार २५ केजीको स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपैयाँमा किन्न पाइन्छ ।

त्यसैगरी चियापत्ति ५०० ग्रामको २७० रुपैयाँमा किन्न पाइन्छ । अन्य खाद्य सामग्री भने सुपथ मूल्य पसलमा नरहेको उनले जानकारी दिइन् । उनका अनुसार चिनी र चना खरिद प्रक्रियामा रहेकाले पछि उपलब्ध हुन सक्नेछ ।

  • ७ आश्विन २०८१, सोमबार १७:४२ प्रकाशित