कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपा नेपालले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरू जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशिता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो ।

जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

यसैबिच जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले सोमबार नै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

  • ७ आश्विन २०८१, सोमबार १६:५८ प्रकाशित