पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

पोखरा ।
हिजो पक्राउ परेका पूर्वडीआइजी छबिलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी जोशीलाई हिजो राति पोखरा ल्याएर आज अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो । अदालतले म्याद थप गरेसँगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुनेछ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए ।
 जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो ।
  • ७ आश्विन २०८१, सोमबार १६:४० प्रकाशित