पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयभित्र २ लाख नगदसहितको झोला भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा २ लाख नगदसहितको झोला भेटिएको छ । असोज ६ गते हिजो आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ भद्रकाली स्थित वडा कार्यालय भवनमा उक्त झोला भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

वडा भवनको कोठा नम्बर १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको पछाडी बोक्ने झोला अपरिचित व्यक्तिले छाडी गएको प्रहरीले बताएको छ ।

प्रहरीको अनुसार हालसम्म कोही कसैले दाबी गर्न नआएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले वडा सदस्यको रोहबरमा खोली हेर्दा झोलाभित्र २ लाख नगद र जिन्सी सामानहरु फेला परेको हो ।

उक्त सामा वडा प्रहरी कार्यालय रामबजारमा राखिएको प्रहरीले जनाएको छ । सामान कोही कसैको हुनसक्ने हुँदाँ प्रमाण सहितको कागजातसहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

झोला भित्र २ लाख नगदसहित एउटा हाल्फ फाईन्ट, एउटा टिसर्ट, एउटा इन्स्टा ३६० लेखेको क्यामेरार मोटरसाइकलको चाबी पनि भेटिएको छ ।

  • ७ आश्विन २०८१, सोमबार १६:२७ प्रकाशित