टोखामा पोखरीमा डुबेर बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ । काठमाडौँको टोखा बजारमा पोखरीमा डुबेर बालिकाको ज्यान गएको छ । टोखा नगरपालिका–२ स्थित गहना पाखेरीमा डुबेर जाल्पाचोकमा बस्ने ४ वर्षीय गुराँस सहनीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृतक बालिका बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी दुर्गा सहनीकी छोरी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • ७ आश्विन २०८१, सोमबार १५:५७ प्रकाशित