आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

  • ७ आश्विन २०८१, सोमबार १०:०३ प्रकाशित