साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

  • ७ आश्विन २०८१, सोमबार ०९:५२ प्रकाशित