प्रधानमन्त्री ओली, कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

केन्द्रभाग मिडिया

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका बेला दुई नेताबिच भेटवार्ता भएको हो । राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको थियो । भेटमा दुई देशबिचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

  • ७ आश्विन २०८१, सोमबार ०९:२३ प्रकाशित