प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो ।

यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो । भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो ।

तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।

  • ६ आश्विन २०८१, आईतवार १५:११ प्रकाशित