पोखरामा वेलटेन प्रोफेशनलको हेयर केयर वर्कसप

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटकीय शहर पोखरामा वेलटेन प्रोफेशनलको हेयर वर्कसप कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य क्षेत्रमा ख्यातिप्राप्त कस्मेटिक ब्राण्ड वेलटेन प्रोफेशनलको एक दिने हेयर केयर वर्कसप कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न भएको हो । सो अवसरमा वोल्दै वेलटेन कस्मेटिक इन्डष्ट्रीज प्रालिका प्रवन्ध निर्देशक कृष्ण प्रसाद प्रसाइले वेलटेनका उत्पादनहरुमा उच्च गुणस्तर कायम राखिएको उल्लेख गर्दै बजारमा वेलटेनका उत्पादनहरूको माग बढिरहेकोमा खुशी व्यक्त गरे । प्रसाईंले प्रशिक्षार्थीलाई वेलटेनका उत्पादनहरूबारे विस्तृत जानकारी समेत दिएका थिए ।

सौन्दर्य विज्ञ अनिल दासले केराटिन बोटक्स, हेयर स्ट्रेट, प्रोफेशनल हेयर कलर, र हेयर टोनिङ प्रिलाइटनिङ जस्ता विधिहरूमा प्रत्यक्ष रूपमा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरूले उक्त प्रविधिहरूको प्रयोगमार्फत भविष्यमा कसरी आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा ज्ञान ज्ञान समेत हाँसिल गरेका थिए ।सो अवसरमा नजिकिदै गरेको दशैं र तिहारलाई लक्षित गर्दै वेलटेनका नयाँ उत्पादनहरूको लन्च समेत गरिएको थियो ।

वेलटेनका लागि पोखराको आधिकारिक डिलर पूजा स्टोर्सका संचालक सुमन श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन वेल टेन कस्मेटिक्सका लक्ष्मी श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेकी थिइनभने बवि ब्यूटि सलोन एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइन्टर सिनियर ब्युटिसियन बविता केसी कार्कीले धन्यवाद मन्तब्य राखेकी थिइन ।

  • ५ आश्विन २०८१, शनिबार १२:१४ प्रकाशित