जीबी राई र उनका आफन्तबाट सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई र निजका आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाइ अपचलन भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले उक्त रकममध्ये ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको समितिले जनाएको छ । यस्तै, ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाइ रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर पुँजीबापत जम्मा गरिएको, ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।

पछि रवि लामिछाने समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले २०७९ असार ३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिइ गोर्खा मिडिया नेटवर्क प्रालिलाई असार ३१ मा २० लाखको ऋण प्रवाह गरेको समितिले जनाएको छ ।

  • ४ आश्विन २०८१, शुक्रबार १४:५५ प्रकाशित