पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई तालिम प्रदान गरेका थिए । नेतृत्व विकास तथा सीपबारे श्रेष्ठले विद्यार्थीलाई सिकाएका थिए ।

विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने विद्यार्थीको समूहलाई यो प्रशिक्षणमा राखेको विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जानकारी दिए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई अग्रसर बनाउनका लागि प्रशिक्षण दिएको बताए । ‘पछिल्लो पुस्ताका विद्यार्थी कतिपय काममा अग्रसर हुन हिचकिचाउँछन । उनीहरुमा सक्षम नेतृत्वको सिप विकास गराउन प्रशिक्षण दिएका हौ,’ कोइरालाले । पश्चिमाञ्चल माविमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुन्छ ।

  • ३ आश्विन २०८१, बिहीबार १६:४१ प्रकाशित