काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष डा।सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । सिन्धुले प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको बताइन् ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
डा।राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।