बुद्ध एयरले भारतको वाराणसीका लागि थप्यो उडान

केन्द्रभाग मिडिया

बुद्ध एयरले आज (बुधबार) देखि भारतको वाराणसीका लागि तेस्रो उडान थपेका छ।यसअघि बुद्ध एयरले उक्त गन्तव्यमा सातामा सोमबार र शुक्रबार मात्रै उडान गर्थ्यो।

अब बुधबारसमेत गरी सातामा ३ दिन उडान गरिने र यसले यात्रुलाई थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सागरनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको जनाएको छ।

यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्नेछ।बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा रु। ११३६० छ।

उडान समय काठमाडौँबाट बिहान ७:१५ तथा वाराणसीबाट ८:३० बजे रहेको बुद्ध एयरले जनाएको छ।

  • २ आश्विन २०८१, बुधबार १४:५२ प्रकाशित