स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । विशेष कामका लागि पोखरामा आएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण संगै संघका सेवा बारेमा जानकारी लिएका थिए ।

मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गरेका थिए । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गरे । संघले सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, पुरुष बन्ध्याकरण, यौनजन्य रोग सम्बन्धि उपचार तथा परामर्श, एच.आइ.भी परिक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण लगागयतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

  • १ आश्विन २०८१, मंगलवार १९:४७ प्रकाशित