पोखरा इन्जिनियरिङ कलेजमा अध्ययनरत स्नातक तहकोआर्किटेकका विद्यार्थीको थेसिस प्रदर्शनी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा इन्जीनियरिङ कलेज फिर्केमा अध्ययनरत स्नातक तहको आर्किटेक अन्तिम सेमेस्टरका विद्यार्थीहरुको थेसिस प्रदर्शनी सम्पन्न भएको छ । पोखराको फेवाताल किनारमा स्नातक तह आर्किटेक २०१८ ब्याचका अन्तिम सेमेस्टरका विद्यार्थीहरुको थेसिस प्रदर्शनी गरिएको हो ।

सो प्रदर्शनीको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गरेका हुन् । उनले प्रदर्शनीको उद्घाटन गर्दै पछिल्लो समय सांस्कृतिक धरोहरुहरु समेत आधुनिकता तर्फ उन्मुख भइरहँदा आर्किटेकका विद्यार्थीहरुले पुराना सांस्कृतिक धरोहरहरुको महत्व दर्शाउने गरी डिजाइनहरु निर्माण गर्नेतर्फ अगाडी बढ्नुपर्नेमा जोड दिए । आधुनिकतामा जांदैगर्दा विभिन्न सांस्कृतिक महत्व बोकेका ग्रामीण बस्तीहरु समेत कंक्रीट ढलानले भरिन थालेकाले त्यसतर्फ समेत विद्यार्थीहरुको ध्यान केन्द्रित रहन उनको आग्रह थियो । पोखरामानै आर्किटेक्चर पढ्न पाउनु विद्यार्थीको लागि गर्वको कुरा रहेको उनको भनाइ थियो ।

सो अवसरमा वोल्दै पोखरा इन्जीनियरिङ कलेज बी आर्किटेक हेड अफ डिपार्ट समीक्षा पोखरेलले विभिन्न किसिमका आर्किटेकहरु सडकमा प्रदर्शनीमा राखिएको र यो दोस्रो प्रदर्शनी कार्यक्रम भएको जानकारी दिइन् । उनले यस्ता प्रदर्शनीको अवलोकनले विद्यार्थीहरुलाई समेत आर्किटेक क्षेत्र तर्फ आकर्षित गराउन मदत पुग्ने बताइन ।

कलेजका प्राचार्य सोम गुरुङले कलात्मक डिजाइन, अनुसन्धानहरु प्रदर्शन र प्रवद्र्धन, आर्किटेक्चरको महत्वलाई जानकारी दिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वकोे बारेमा जानकारी दिने उद्देश्यले सडक प्रदर्शनी राखिएको वताए ।

प्रदर्शनीमा २२ वटा विभिन्न बुथमा विभिन्न प्रकारका आर्किटेक्चर मोडलहरु राखिएको र विभिन्न विद्यालयका विद्यार्थी पेशाकर्मी लगायत गरी २५ हजारले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

विद्यार्थीहरुको थेसिसलाई सडकमा प्रदर्शनीमा राखिएको बताउदै यस्ता प्रदर्शनीमा सहभागीहरु बीच अन्तरक्रिया समेत हुने भएकाले राज्यको निती निर्माणका लागी समेत थप सहयोग पुग्ने कलेजका निर्देशक अम्बर गुरुङले बताए ।

  • १ आश्विन २०८१, मंगलवार १४:०१ प्रकाशित