भोटेकोसीमा ४ दिन अघि बलेरो खस्दा बेपत्ता भएका चालकको शव भेटियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो ।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

  • १ आश्विन २०८१, मंगलवार ०९:१३ प्रकाशित