काठमाडौंबाट उड्न लागेको बुद्ध एयरमा समस्या, यात्रुहरु ओरालियो

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

काठमाडौंबाट चितवनको भरतपुर उड्न लागेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या भएको विमानस्थल स्रोतले बताएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको बताइएको छ । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उडानमा ढिला भइरहेको जनाइएको छ ।

  • ३१ भाद्र २०८१, सोमबार ०९:२० प्रकाशित