पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि मत गणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार अध्यक्षमा गोकर्ण कार्कीले अग्रता बढाइरहेका छन् ।
उनले १३९९ मत गणना हुँदा ८५४ मत ल्याएका हुन् भने, उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ५३२ मत प्राप्त गरेका छन् छन् ।
पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भएका हुन् ।
उपमहासचिव पदमा कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरे ।














