पोउवा संघ चुनाव : खुल्ला सदस्यमा को-को भए निर्वाचित ? (नामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ मत ल्याएर बिजयी भएका छन् ।

त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् ।

१० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याएर पराजित भए । संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।

संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।

  • ३० भाद्र २०८१, आईतवार १७:३७ प्रकाशित