पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको १९०० मत गनी सकिएको छ ।
जारी मत गणनामा १९०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर १४११ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १३८६ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १३७७ मत तेश्रो, दूधमान गुरुङ ९आशिष० १३५० मत ल्याएर चौथो र भीम गौतम १३२७ मत ल्याएर पाचौं स्थानमा छन् ।
टिकाराम सुवेदी ९माधव० १२७४ मत ल्याएर छैटौं स्थानमा रहँदा रामचन्द्र तिमिल्सिना १२७२ मत ल्याएर सातौं, जीवनप्रकाश श्रेष्ठ १२७० मत ल्याएर आठौं, प्रदीप राजभण्डारी १२५७ मत मत ल्याएर नवौं र बिनोद केसी १२०० मत ल्याएर दशौं स्थानमा छन् ।
त्यस्तै, यादवप्रसाद पोखरेल ११९३, प्रेमप्रसाद सुवेदी ११७५, लेखनाथ सुवेदी ११८६, विष्णुप्रसाद तिमिल्सिनाले ११३८ मत प्राप्त गरेका छन् ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।














