यसवर्ष मनसुन सुरु भएयता विपद्बाट २२५ जनाको ज्यान गएको छ ।
२०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता ९भदौ २२ गतेसम्म० ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो अवधिमा ४९ जना बेपत्ता छन् भने २८४ जना घाइते भएका छन्। मनसुनजन्य विपद् प्रभावित परिवार संख्या ४ हजार ६१५ रहेको छ।
गतवर्ष यसै अवधिमा ८५ जनाको ज्यान गएको थियो, २९ जना बेपत्ता भएका थिए भने १२६ जना घाइते भएका थिए। गतवर्ष विपद् प्रभावित परिवारको संख्या ६ हजार ३० रहेको थियो।
मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा ५ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।यस्तै, मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जनाको ज्यान गएको हो ।
यसैगरी असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्य्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएका थिए। जसमध्ये २४ जनाको शव फेला परेको छ भने बससहित बाँकी यात्रु अझै हराइरहेका छन्।














