पोउवाको मतगणना अपडेट : १५०० मत गन्दा कसको कति ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत अहिले मतगणना चलिरहेको छ ।

नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको १५०० मत गनी सकिएको छ । जारी मत गणनामा ललितबहादुर कुँवरले देवेन्द्रलाई उछिन्दै ११०५ मत ल्याएर पहिलो स्थानमा उक्लिएका छन् भने देवेन्द्र प्रजु १०९४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

सौगात थापा १०७८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।दूधमान गुरुङ १०५१ मत ल्याएर चौथो स्थानमा छन् । भीम गौतम १०४६ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

त्यस्तै, जीवनप्रकाश श्रेष्ठ १००७ मत ल्याएर छैटौं, रामचन्द्र तिमिल्सिना १०१० मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ९९७ मत ल्याएर आठौं, विनोद केसी ९६० मत ल्याएर नवौं र टीकाराम सुवेदी ९माधव०ले ९९३ मत ल्याएर दशौं स्थानमा छन् ।

त्यस्तै, लेखनाथ सुवेदी ९२१, विष्णुप्रसाद तिमिल्सिना९०४, यादवप्रसाद पोखरेल ९४५ र प्रेमप्रसाद सुवेदीले ९१६ मत प्राप्त गरेका छन् ।

संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।

  • ३० भाद्र २०८१, आईतवार १५:२८ प्रकाशित