पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत अहिले मतगणना चलिरहेको छ । नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको ७०० मत गनी सकिएको छ । जारी मत गणनामा देवेन्द्र प्रजु ५२३ मत ल्याएर पहिलो स्थानमा छन् भने सौगात थापा ५१५ मत ल्याएर दोश्रो, ललितबहादुर कुँवर ५०९ मत ल्याएर तेश्रो, भीम गौतम ५०० मत ल्याएर चौथो स्थानमा छन् ।
त्यस्तै, दूधमान गुरुङ ४९६ मत ल्याएर पाँचौ, जीवनप्रकाश श्रेष्ठ ४८७ मत ल्याएर छैटौं, रामचन्द्र तिमिल्सिना ४७८ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ४७४ मत ल्याएर आठौं, विनोद केसी ४७२ मत ल्याएर नवौं र टीकाराम सुवेदी ९माधव०ले ४६५ मत ल्याएर दशौं स्थानमा छन् ।
त्यस्तै, लेखनाथ सुवेदी ४३५, विष्णुप्रसाद तिमिल्सिना ४२७, यादवप्रसाद पोखरेल ४२४ र प्रेमप्रसाद सुवेदीले ४२१ मत प्राप्त गरेका छन् ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।














