विद्युत प्राधिकरणले जथाभावी रुख काटेको भन्दै मेयर आचार्यले पोखे आक्रोस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धरै वर्ष लगाएर हुर्केका सडक किनाराका रुख बिना समन्वय नकाट्न आग्रह गरेका छन् । आइतबार समाजिक सञ्जाल फेसबुक मार्फत महानगरसंग समन्वय नगरी विद्युत प्राधिकरणले सडक किनारामा रहेका रुख काटेको भन्दै आक्रोस समेत पोखेका उनले यस्तो आग्रह गरेका हुन् । उनले सडक किनारामा रोपेर हुर्केका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको भन्दै ‘विद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहन्छु यस्तो अधिकार कस्ले दियो हाकिम साब ?’ लेखेका छन् ।

पोखरा महानगरले ‘ग्रीन पोखरा, क्लिन पोखरा परियोजना’ सुरु गरेर जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका लिएको उनले स्मरण समेत गराएका छन् । प्रमुख आचार्यले अब सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गर्न समेत नगरबासीलाई अनुराध गरेका छन्। उनले हरियाली सहर बनाउन सक्रीय सहभागी बन्न समेत आग्रह गरेका छन् ।

उनले लेखका छन्, ‘पोखरामा हामीले  ‘ग्रीन पोखरा, क्लिन पोखरा” परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं। तर, धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ। बिध्युत प्राधिकरणका हाकिम साबलाई म सोघ्न चाहान्छु यस्तो अधिकार कसले दियो हाकिम साब ?
अब सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गरिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु। हाम्रो सहरलाई हरियाली सहर बनाउन सक्रीय सहभागी बनौँ।’

  • ३० भाद्र २०८१, आईतवार १६:०५ प्रकाशित