माओवादीले आजको संसद्‌मा अवरोध कायम राख्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्‌मा अवरोध कायम राख्ने बताएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् ।

उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने उनले बताए । ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उनले भने ।

हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।

  • ३० भाद्र २०८१, आईतवार १३:५५ प्रकाशित